अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुक्तिनाथ विकास बैंकद्वारा नवलपुरका विद्यार्थीलाई स्कूल पोसाक वितरण

मुक्तिनाथ विकास बैंकद्वारा नवलपुरका विद्यार्थीलाई स्कूल पोसाक वितरण


काठमाडौं-मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपुरका विद्यार्थीहरूलाई पोसाक वितरण गरेको छ। बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ।

बैंकले नवलपुरको बुलिङटारस्थित श्री रम्भादेवी आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा-५ सम्म अध्ययनरत ७६ जना विद्यार्थीलाई स्कूल पोसाक वितरण गरेको हो।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरु, विद्याथीहरुको उपस्थिति रहेको थियो। यस सहयोगबाट स्थानीय बालबालिकाहरु विद्यालयमा उपस्थित भई शिक्षा लिन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ।