काठमाडौं-लुम्बिनी प्रदेशकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मिना श्रेष्ठले पहाड र मधेसमा जनसंख्या असन्तुलन भइरहेकोले यसलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभएको छ। उहाँले बसाँइसराईले पहाड र मधेसमा एकैचोटी समस्या निम्त्याएको बताउनुभयो। बसाँइसराइ कै कारण पहाडमा गाउँहरु खाली हुने र तराईमा जनघनत्व अत्याधिक बढेपछि एकपछि अर्को समस्या निम्तिएको उहाँले बताउनुभयो।
बसाँइसराइका कारण समाजमा विभिन्न सामाजिक, भौतिक, मानसिक समस्या सृजना भएको उहाँले बताउनुभयो। प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कतिपय ठाउँमा शिक्षक हुने तर विद्यार्थी नहुने अवस्था भएको, कतिपय ठाउँमा विद्यार्थी धेरै भएर शिक्षक अपुग भएका अवस्था चित्रण गर्नुभयो।
‘पहाडी क्षेत्रमा विद्यालय र शिक्षक छन्, विद्यार्थी छैनन् त्यस्ता विद्यालयलाई मर्ज गरौं’ सांसद श्रेष्ठ भन्नुभयो ‘त्यहाँका शिक्षकलाई विद्यार्थी चाप धेरै भएका तराइ र शहरी क्षेत्रमा सारौं।’ सांसद श्रेष्ठ स्वास्थ्य, खानेपानी तथा पूर्वाधारका क्षेत्रमा पनि यस्तै प्रकारका असन्तुलनहरु देखिएकोले यसलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। उहाँले हाल सञ्चालन भएको विकासको मोडललाई पुनविर्चार गरेर मानिसको वहाव जतातिर छ त्यतैतिर केन्द्रित गरेर विकास बढाउन पनि माग गर्नुभयो।
बसाँइसराइका कारण समाजमा विभिन्न सामाजिक, भौतिक, मानसिक समस्या सृजना भएको उहाँले बताउनु भयो। प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले कतिपय ठाउँमा शिक्षक हुने तर विद्यार्थी नहुने अवस्था भएको, कतिपय ठाउँमा विद्यार्थी धेरै भएर शिक्षक अपुग भएका अवस्था चित्रण गर्नुभयो। ‘पहाडी क्षेत्रमा विद्यालय र शिक्षक छन्, विद्यार्थी छैनन् त्यस्ता विद्यालयलाई मर्ज गरौं’ श्रेष्ठले भन्नुभयो, ‘त्यहाँका शिक्षकलाई विद्यार्थी चाप धेरै भएका तराइ र शहरी क्षेत्रमा सारौं।’ सांसद श्रेष्ठले स्वास्थ्य, खानेपानी तथा पूर्वाधारका क्षेत्रमा पनि यस्तै प्रकारका असन्तुलनहरु देखिएकोले यसलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। श्रेष्ठले हाल सञ्चालन भएको विकासको मोडललाई पुनविर्चार गरेर मानिसको वहाव जतातिर छ त्यतैतिर केन्द्रित गरेर विकास बढाउन पनि माग गर्नुभयो।
प्रदेश सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लाको जनसंख्या जति नै रुपन्देही जिल्लामामा रहेको बताउनु भयो। ‘लुम्बिनी प्रदेशका पहाडी जिल्लामा जति जनसंख्या छ त्यती त रुपेन्देही जिल्लामा नै रहेछ’ साँसद श्रेष्ठले भन्नुभयो, ‘यसले गर्दा पहाडमा मानिसहरु नभएर खेतबारी बाँझा हुने भए। तराईमा मानिस धेरै भएर खेती गर्ने ठाउँ नपाइने भयो।’ बसाँइसराईको यो समस्याले खाद्यान्न उत्पादन दुवै भूगोलमा घटेकोले भारतबाट अन्न ल्याउने पर्ने बाध्यता बढेको उहाँले बताउनु भयो।
सांसद श्रेष्ठले राष्ट्रिय जनगणना २०७८ को परिणाम उल्लेख गर्दै पहाडी जिल्लाका स्थानीय तहहरु पनि खाली हुँदै गएको र तराइका स्थानीय तह भरिंदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। लुम्बिनीमा रहेका १०९ वटा स्थानीय तह मध्ये ३१ वटाको जनसंख्या वृद्धिदर वर्षैपिच्छे घट्दै गएको र तराईमा अस्वभाविक बढ्दा गाउँपालिकाहरुलाई व्यवस्थपनमा समेछ कठिनाई भएको उहाँले बताउनु भयो । बसाँइसराइले खालि हुँदै गएका स्थानीय तह र बँसाइसराइले नै उच्च जनसंख्या वृद्धि भएका तराइका स्थानीय तहका लागि अलग्गै परियोजना सञ्चालन गर्न श्रेष्ठले माग गर्नुभयो।
जनगणनाले बाँकेको बैजनाथपुरमा ७० हजार, दाङको राप्तीमा ५५ हजार र रुपन्देहीको कञ्चन गाउँपालिकामा ४५ हजार जनसंख्या देखाएको बताउनुभयो। ‘यत्रो जनसंख्यालाई एउटा गाउँपालिकाले आधारभुत सुविधा कसरी पुर्याउला ?’ उनको प्रश्न छ ‘त्यसैले यसरी घना जनसंख्या भएका ठाउँका मानिसहरुलाई आधारभुत सुविधाका लागि विशेष कार्यक्रम गरौं। बजेट त्यसै अनुसार विनियोजन गरौं।’




प्रतिक्रिया