अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक


काठमाडौँ-मुस्ताङमा दुई दशक बिताउनुभएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याउनुभएको छ।

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज यहाँ आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो। मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो।

पुस्तक सार्वजनिक गर्र्दै उहाँले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गर्नुभयो । “नेपालमा धेरै सुन्दर स्थान छन्’, उहाँले भन्नुभयो, ‘तर मलाई मुस्ताङको सौन्र्दयले बढी आकर्षित ग¥यो।’ पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उहाँको भनाइ छ।

बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राख्नुभयो । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ।