काठमाडौं-कुमारी बैंक लिमिटेड र होटल भेन्टेज होम भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएको छ। उक्त सम्झौतामा कुमारी बैंकका ग्राहकहरुलाई होटल भेन्टेजबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले होटल भेन्टेजबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १०५ छुट प्राप्त गर्न सकिनेछ। यस सुविधाबाट ग्राहकहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई शुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया