अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मी सनराइज बैंकको विराटनगर शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकको विराटनगर शाखा स्थानान्तरण


काठमाडौँ-लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका वडा-७ स्थित हनुमान दास रोडमा रहेका दुई शाखामध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा-३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको हो।

स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिनेछ। स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको स्थान ९ भद्रपुर लाईन, बिर्तामोड नगरपालिका-४, झापाबाट संयुक्त कारोबार सुरु गरेको छ। त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान हाकिमचोक, भरतपुर महानगरपालिका-१० बाट ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।