अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि सर्टलिस्टमा ५ जना

राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि सर्टलिस्टमा ५ जना


काठमाडौं-राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति सिफारिस उपसमितिले ५ जनालाई सर्टलिस्टमा राखेको छ। 

सर्टलिस्टमा पर्नेमा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन्। 

गत वैशाख ७ मा बैंकको सीईओको लागि प्रकाशित सूचनाअनुसार दरखास्त दिएकामध्ये यी ५ जनाले शैक्षिक योग्यता, कार्यानुभव व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेका थिए ।

अब उक्त उपसमितिले ५ जनाको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिनेछ। प्रस्तुतीकरण तथा अन्तर्वार्ता यही जेठ ९ गते बैंकको केन्द्रीय कार्यालय सिंहदरबारमा हुने बताइएको छ।