अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं बिम्स्टेक मुलुकबीच हुने सहकार्यका विविध विषयमा छलफल भएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले बिम्स्टेकले क्षेत्रीय आर्थिक सहकार्यलाई बढवा दिँदै आएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले यस क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरका विषयमा पनि छलफल चलाउनुपर्ने बताउनुभयो। महासचिव पाण्डेले बिम्स्टेक सदस्य मुलुकको हैसियतमा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको उल्लेख गर्दै आगामी दिनमा नेपालको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।