अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काकडभिट्टा-लौकही सडक तीन वर्षभित्र सम्पन्न हुन्छ: भौतिक मन्त्री महासेठ

काकडभिट्टा-लौकही सडक तीन वर्षभित्र सम्पन्न हुन्छ: भौतिक मन्त्री महासेठ


झापा-उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठले पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही सडक स्तरउन्नती योजना निर्धारित समयमा नै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चार लेन सडक बनाउने काम सकिने बताउनु भएको छ।

बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही सडक स्तरउन्नती योजना शिलन्यास कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो।

पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही सडक स्तरउन्नती योजनाको शिलन्यास एमाले अध्यक्षओलीले गर्नुभएको हो।

काँकडभिट्टा–लौकही खण्ड ९५ किलोमिटर रहेको छ। यो सडक एसियाली विकास बैङ्कको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको र निर्धारित समयमा निर्माण सम्पन्न गरिने उहाँको भनाइ थियो।

सबै ठेक्काको निर्माण अवधि तीन वर्ष र निर्माण सम्पन्न पछि थप ६ वर्षसम्म मर्मतसम्भार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको सो अवसरमा जानकारी गराइएको थियो। २०८० साल कार्तिक २ गते निर्माण सम्झौता भएको र २०८३ माघ १९ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।