काठमाडौं – प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव महानिरीक्षक डीआईजी हरूको सरुवा र चारजनाको पदस्थापन भएको छ । गहृमन्त्रालयले एक सुचना जारी गर्दै डीआईजीहरूको सरुवा र पदस्थापना भएको जानकारी दिएको हो ।
रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ । कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया