अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

होमवर्क नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ


पोखरा-होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा कास्कीको बोर्डिङ स्कुलका एक शिक्षक पक्राउ परेका छन्।

पोखरा महानगरपालिका-३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुलको कक्षा-५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सोही स्कुलका शिक्षक सुदिप अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

जेठ ३ गते बालकको संवेदनशिल भागमा लठ्ठी प्रहार गरी घाइते बनाएको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

जेठ ३ गते बालकको संवेदनशिल भागमा लठ्ठी प्रहार गरी घाइते बनाएको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिइएको छ।