अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३२ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

३२ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं-सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो।

सरुवा सूची अनुसार भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन्। भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा भएको छ भने हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिएको छ।