अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसईईको नतिजा अहिले केहीबेरमा सार्वजनिक हुँदै

एसईईको नतिजा अहिले केहीबेरमा सार्वजनिक हुँदै


काठमाडौं- माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज बिहान सार्वजनिक हुँदैछ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आज बिहान बजे नतिजा सार्वजनिक गर्ने जानकारी दिनुभयो।
‘बिहान नौ बजेपछि रिजल्ट आउँछ,’ शर्माले भन्नुभयो, ‘त्यसअघि हामी बोर्डको बैठक बस्दै छौँ।’
१५ चैतदेखि २७ सम्म भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए।

यस वर्ष पहिलोपटक बोर्डले नयाँ लेटर ग्रेडिङ प्रणालीबाट एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।