अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रामेछापमा बस दुर्घटना १० जना घाइते

रामेछापमा बस दुर्घटना १० जना घाइते


काठमाडौं- रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखुतामाकोशी गाउँपालिका ६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो। गाडीमा १० जना सवार थिए।

घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका(५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्।
घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन्।