अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्छ: अध्यक्ष ओली

वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्छ: अध्यक्ष ओली

राष्ट्रिय युवा संघ नेपालद्धारा ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ


ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनु पर्ने बताउनु भएको छ।

ललितपुरको गोदावरी नगरपालिका-१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुहुँदै सो कुरा बताउनु भएको हो। उहाँले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिनुभयो। 

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको छ। 

सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उहाँले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताउनुभयो । 

वृक्षरोपण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेता सहभागी हुनुहुन्थ्यो । 

तस्वीरमा हेर्नुहोस्