अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडैलद्वारा ७६ (२) अनुसार सरकार गठनको आह्वान

राष्ट्रपति पौडैलद्वारा ७६ (२) अनुसार सरकार गठनको आह्वान


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको प्रधानमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ।

संविधानको धारा ७६(२) अनुसार प्रतिनिधि सभाको बहुमत पुग्न सक्ने आधारसहित प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान भएको शीतलनिवासबाट जारी सूचनामा उल्लेख छ।

धारा ७६ काे उपधारा २ मा दुई वा दुई भन्दा बढी दलकाे सरकार गठन हुने प्रावधान संविधानमा रहेकाे छ।

कानुनविद्हरूले राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसी लगायतसँग सुझाव लिएका थिए । ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका थिए ।