अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद्‌को बैठक

प्रधानमन्त्री ओलीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद्‌को बैठक


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ।

त्रिभुवन विमानस्थलमा बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे उद्धार र राहतबारे निर्णय लिन प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो।

बैठकमा प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी र छानबिन प्रक्रियाबारे पनि ब्रिफिङ गर्नुहुने जनाएको छ।

दुर्घटना लगत्तै प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे लगायत विमानस्थल पुग्नुभएको थियो।

विमानस्थलको निरिक्षणपछि प्रधानमन्त्री ओलीले तत्कालै नेपाल नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रबाट ब्रिफिङ लिनुभएको थियो।

आज बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीकाअनुसार जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो।

जहाज उड्ने क्रममा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेर दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।