काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उहाँले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा धेरै प्रश्नहरु उठेको छ। समिति बनाए पनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्याहरु आएको भन्ने कुरा छ। यही प्रश्नहरुको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पुर्याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्नेछौँ । त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौँ।’
उहाँले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिनुभयो।




प्रतिक्रिया