अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीद्वारा नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई

प्रधानमन्त्री ओलीद्वारा नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई दिनुभएको छ।

सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवि गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!’

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो। गड्तौला नेपालको निजामती सेवाको इतिहासमा उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको हो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।