अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा विस्तार

एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा विस्तार


काठमाडौं-प्रभु बैंक लिमिटेडले एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार गरेको छ। शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैकले सोमबार जिल्लाको ढोरपाटन नगरपालिका ७, बोवाङ, निसीखोला ५, निसी, वडिगाड २, खरबाङ र वडिगाड ७, भिमगिठेमा गरि ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

उक्त शाखाहरुको बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले उद्धाटन गरेका हुन्। प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ।

प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

बैंकको नयाँ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।