अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रकाश मानव अधिकार पुरस्कार पूर्णिमाया लामालाई प्रदान गरिने

प्रकाश मानव अधिकार पुरस्कार पूर्णिमाया लामालाई प्रदान गरिने


काठमाडौं-यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरिने भएको छ।

हरेक वर्ष साउन १६ गते प्रदान गरिने सो पुरस्कार आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने कार्यक्रम रहेको छ। दिउँसो २ः१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेल (स्टाफ कलेज)मा आयोजना हुने प्रकाश स्मृति दिवस कार्यक्रममा लामालाई ३०औं प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित गर्न लागिएको हो।

मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले सो पुरस्कार स्थापना गरेको हो। पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ।

काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ।