काठमाडौं-भारतको केरलाको वायनाडमा आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४४ पुगेको छ। केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ। प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ।
प्रतिक्रिया