काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ।पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो। जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो।
‘सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’, सचिव अर्यालले भन्नुभयो। सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया