अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ: रक्षामन्त्री राई

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ: रक्षामन्त्री राई


काठमाडौँ-रक्षामन्त्री मानवीर राईले राष्ट्रिय विभूति अमरसिंह थापाको नेपालको इतिहासमा बेग्लै पहिचान रहेको बताउनुभएको छ। ‘राष्ट्रिय विभूति वीर अमरसिंह थापाको २०८औँ स्मृति दिवसका’ अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले थापासहित राष्ट्र र राष्ट्रियताका लागि योगदान पुर्‍याउने सबै वीरवीरगङ्गानाप्रति नेपाल सरकारको उत्तिकै सम्मान रहेको स्पष्ट पार्नुभयो।

मन्त्री राईले भन्नुभयो, ‘नेपालको एकीकरणमा उहाँले खेल्नुभएको भूमिका निकै महत्त्वपूर्ण छ। राष्ट्रिय विभूति थापाको योगदान जोडिएको इतिहास अझै अपुरो छ। मुलुकको सीमा सुरक्षाका क्रममा आफूलाई केही असजिलोको धक्का महसुस गर्दासमेत ज्यान दिन तयार हुनुहुन्थ्यो।’

उहाँले आज राष्ट्र र राष्ट्रियताको सवालभन्दा व्यक्तिगत इच्छा र चाहानामा समाज हिँडिरहेको अवस्थामा इतिहासमा त्यस्ता योगदान दिने व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा इतिहासविद् एवं उहाँका बारेमा जानकार राजाराम सुवेदी, धनबहादुर कुँवर तथा पूर्वसहायकरथी डा प्रेमसिंह बस्न्यातले राष्ट्रिय विभूति थापाले नेपालको एकीकरण र राष्ट्रियता प्रवद्र्धनका लागि खेल्नुभएको भूमिकाको चर्चा गर्नुभयो।

नेपाल एकीकरणका बेलामा तत्कालीन अङ्ग्रेजसँगको लडाइँमा बडाकाजी थापाले ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्ति नेपाली समाजमा निकै चर्चित छ।