विराटनगर-निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौं र कोशी प्रदेश सरकारबीच विभिन्न उधमशिलता र रोजगार मुलुक कार्यक्रम गर्ने विषयको समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको छ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गर्नुभयो। ‘यो समझदारी पछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ। यो समझदारीले सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने’ समझदारी पत्रमा उल्लेख्य छ।
समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पूरा गर्न सहयोग गर्ने बताउँदै आगामी दिनमा प्रदेशमा नयाँ नयाँ काम गर्न सहज हुने बताउनुभयो।
कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार, घरेलु उधोग विकास र उधमशिलता बिस्तारलाइ समझदारीले नयाँ ढोका खोलेको बताउनुभयो। मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुबेदिले कोशि प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरि यो समझदारी गरिएको जानकारी दिनुभयो। उहाले चाडै नै रोजगारिका लागी मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने बताउनुभयो। प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालाइ तालीम दिइ अनलाइन रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी छ ।
प्रतिक्रिया