अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न सकिने बताउनुभएको छ।

विराट मैथली साहित्य परिषद्लगायत ११ संस्थाद्वारा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले विभित्र जातजातिका भाषा, संस्कृतिको एवं सम्पदाको संरक्षण एवं विकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेशमा भाषा आयोगले दिएको सिफारिश अनुसार भाषाको सम्मान गर्ने र विभिन्न भाषालाई प्रदेशको कामकाजको भाषाको रुपमा लागू गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कानुन बनाएर अघि बढ्ने बताउनुभयो।

सम्भावना बोकेको विराटनगर विभित्र कारणले विकासमा पछाडि परेकोले चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महानगरका साथै यहाँ बसोबास गर्ने विभित्र भाषाभाषीको समग्र विकासका लागि इमान्दार प्रयत्न गर्ने कुरामा जोड दिनुभयो। ‘प्रदेशले विगतमा ल्याएको प्रज्ञा प्रतिष्ठान ऐनमा रहेको त्रुटीलाई संशोधन गरी संसदमा पेश गर्ने र यसैको माध्यमबाट सबै भाषा, संस्कृतिको संरक्षण हुनेछ’ उहाँले भन्नुभयो, ‘प्रतिष्ठानका लागि नीति, कानुन र बजेटको व्यवस्था हुनेछ।’

कार्यक्रममा साहित्यकार प्राडा राजेन्द्र विमल तथा कथाकार रामनारायण सुधाकरलाई सम्मान गरिएको थियो। सम्मानित प्राडा विमलले हामीसबैले सामाजिक सद्भाव कायम गरी राष्ट्रिय एकता कायम गर्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रमका संयोजक रामरिझन यादवले भाषा आयोगले दिएको सुझाव प्रदेशमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो।