अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ‍ओलीद्वारा जीवित देवी कुमारीको दर्शन

प्रधानमन्त्री ‍ओलीद्वारा जीवित देवी कुमारीको दर्शन


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित देवीको रूपमा रहेकी कुमारीको दर्शन गर्नुभएको छ।

ललितपुरको जावलाखेलमा आज (आइतबार) भोटोजात्राका क्रममा उहाँले कुमारीको दर्शन गर्नुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ व्यक्तिहरुले भोटोजात्रा अवलोकन गर्न जावलाखेल पुग्नुभएको थियो।

 उहाँहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभयो। भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज भोटो देखाइएको हो।

काठमाडौँ, २० साउन : रातो मछिन्द्रनाथको भोटो देखाउदै ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको भोटो देखाउदै गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्य । तस्बिर : प्रदीपराज वन्त/रासस