काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रूपमा चित्रण गर्नुभएको छ।
आइतबार ललितपुरमा आयोजित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भए पनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको जिकिर गर्नुभयो।
मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘गएको दशक ७० देखि ८० सम्मको बिचको दशक वास्तवमा राजनीतिक परिवर्तनको दशक मात्रै होइन, आर्थिक विकास उन्नतिको दशक भयो। केही गरे पनि चित्त नबुझाउन एउटा कुरा हो। केही पनि भएन भनेर कराउने मान्छे छन्। पछिल्लो समय हिँड लायक बाटोको अभियान चल्यो, विद्युतको अभियान चल्यो। आइटीको सेक्टरमा अभियान चल्यो। देशभर अप्किल फाइबर बिछ्याउने काम भयो। जसले गर्दा फोरजी सेवा पुग्यो। हरेक क्षेत्रमा विकास भएको छ।’’




प्रतिक्रिया