काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौँ-तराई- मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा जाँदै हुनुहुन्छ।
फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उहाँको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उहाँले स्थलगत निरीक्षण गर्नुहने जनाएको छ। त्यसैगरी धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत पनि अनुगमनमा जाँदै हुनुहुन्छ।
प्रतिक्रिया