अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानुहुँदै प्रधानमन्त्री ओली

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जानुहुँदै प्रधानमन्त्री ओली


काठमाडौं-राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने भएका छन्।

मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुने समितिका सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो।

प्रधानमन्त्री ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक समिति बैठकमा सहभागी हुन लाग्नु भएको हो। यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाउनु भएको थियो।  समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ।