अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुग्यो

बागलुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुग्यो


बागलुङ–अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ।

गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना पहिरोमा परेर गम्भीर घाइते भएको बागलुङका सहायक प्रमुख जिल्लाअधिकारी चित्राङ्गगत बरालले जानकारी दिनुभयो।

यसैगरी, उहाँका अनुसार बडिगाड-९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत हुनुहुन्छ। परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटोमा हिँड्दै गर्दा पहिरोले पुरेको थियो। मृतक आठ जनाकै सनाखत भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो।