काठमाडौं-संक्रमणकालीन न्याय प्रक्रिया टुंगाउने विषयमा प्रमुख तीन दलबीच भएको सहमतिको प्रतिवेदन आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइँदै छ।
संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज प्रतिवेदनलाई प्रधानमन्त्री ओलीसहित शीर्ष नेतालाई बुझाउन लागेको हो।
नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाकाअनुसार बिहान ११ बजे सिंहदरबारमा प्रतिवेदन बुझाउन लागिएको हो ।
कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य हुनुहुन्छ। कार्यदलले विभिन्न चरणमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिएको हो।
कार्यदलमा सहमति भएको प्रतिवेदन र विधेयकमा भएको संशोधनको प्रस्तावलाई कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा पेश गरेर छलफल भएपश्चात विधेयकलाई सदनमा पेश गरिनेछ।




प्रतिक्रिया