अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशमा प्रधानमन्त्री युनुसले आज सपथ ग्रहण गदै : हिंसाको बाटो त्याग्न देशवासीलाई आग्रह

बंगलादेशमा प्रधानमन्त्री युनुसले आज सपथ ग्रहण गदै : हिंसाको बाटो त्याग्न देशवासीलाई आग्रह


काठमाडौं- बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन्।

विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए।

अन्तरिम सरकार प्रमुख नियुक्त हुँदा उनी फ्रान्सको पेरिसमा थिए। पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

समाचारहरूका अनुसार युनुस दुबई हुँदै दिउँसो २.१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। त्यसपछि राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन्। बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन्।

युनुसले आजै आफू नेतृत्वको अन्तरिम सरकारको १५ सदस्यीय सल्लाहका समिति गठन गर्ने तयारी गरेको भारतीय समाचार संस्था द हिन्दुले उल्लेख गरेको छ।

युनुसको आगमनमा बंगलादेश नेशनलिस्ट पार्टी ,बिएनपीले ढाकाको नयाँ पल्टनमा र्‍याली समेत गर्न लागेको छ।

देश फर्कनुअघि युनुसले आन्दोलनमा सहभागी विद्यार्थी र विद्यार्थीको आन्दोलनलाई बुलन्द बनाउन सहयोग गर्ने सबैलाई बधाई ज्ञापन गरेका छन्।

आफ्नो अफिसियल वेभसाइट युनुस सेन्टरमार्फत विज्ञप्ती जारी गर्दै उनले नयाँ जितको राम्रो सदुपयोग गर्न र शान्त रहन पनि आह्वान गरेका छन्।