काठमाडौं-नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङ्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ।
मन्त्रालयमा भएको भेटमा मन्त्री दाहाल र राजदूत थेयङ् विच द्विपक्षिय हितका विषयमा कुराकानी भयो । भएको भेटमा मन्त्री दाहालले दुई देश विचको ५० वर्ष पुरानो मैत्रीपूर्ण सम्वन्ध बलियो रहेको पनि उल्लेख गर्नुभयो।
प्रविधिमा भएको विकासका कारण दक्षिण कोरीया नेपाली युवाहरुका लागि आकर्षक रोजगारको गन्तव्य समेत बन्दै गएको विषयमा पनि कुराकानी भएको थियो । भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका मन्त्रालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।




प्रतिक्रिया