अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको राजनीतिमा बाग्मती प्रदेशको विशेष भूमिका: राजन भट्टराई

नेपालको राजनीतिमा बाग्मती प्रदेशको विशेष भूमिका: राजन भट्टराई


काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले देशेको राजधानी भएको प्रदेशको नाताले नेपालको राजनीतिमा वाग्मती प्रदेशको विशेष भूमिका हुने बताउनुभएको छ।

शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको पूर्व पार्टी प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको बिदाइ तथा नयाँ इञ्चार्ज डा. भट्टराईको स्वागतमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले वाग्मतीको राजनीतिले राष्ट्रिय राजनीतिमा नै प्रभाव पार्ने बताउनुभयो। ‘सिङ्गो मुलुक वाग्मती हेरिरहेको हुन्छ, राजधानी हेरिरहेको हुन्छ’, भट्टराईले भन्नुभयो।

राजधानीको जनमतले सिङ्गो देशको जनमतलाई प्रभावित पार्ने भट्टराईले बताउनुभयो। त्यसैले वाग्मतीमा पार्टी बलियो हुँदा देश भरि नै त्यसले सकारात्मक सन्देश जाने उहाँले प्रष्ट पार्नुभयो। ‘वाग्मतीको एमाले अब्बल हुनुपर्‍यो, वाग्मतीको एमाले चुस्त हुनु पर्‍यो’, उहाँले भन्नुभयो। राष्ट्रिय राजनीतिका लागि मात्र होइन अन्तराष्ट्रिय राजनीतिका सन्दर्भमा समेत वाग्मतीको राजनीतिले अर्थ राख्ने उहाँले बताउनुभयो। वाग्मती र राजधानीमा जित्दा सबैसँग आँखा जुधाएर कुरा गर्न सकिने उहाँको धारणा छ।

नेता भट्टराईले कोही समयका लागि अधिवेशनको बेलामा फरक ठाउँमा उभिए पनि अबको वाग्मतीको एमाले एक भएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो। एकताबद्ध एमालले मात्र मिसन २०८४ पुरा गर्न सक्ने उहाँले बताउनुभयो । एमाले एकताबद्ध भएर अघि बढ्यो भने कसैले पनि परास्त गर्न नसक्ने भट्टराईको भनाइ छ। ‘एकता हाम्रो पहिलो सर्त हो’, उहाँले भन्नुभयो ।

Skip This