काठमाडौं-कानून न्याय तथा मानव अधिकार समितिले टिआरसी विधेयक प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ।
कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गर्नुभएको हो।
पत्रमा भनिएको छऔ ‘प्रतिनिधि सभा नियमावली, २०७९, को नियम ११० को उपनियम (१) को खण्ड (ख) बमोजिम दफावार छलफलका लागि विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित भई कानून, न्याय तथा मानव अघिकार समितिमा प्राप्त भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भई समितिको २४ गतेको बैठकले उक्त विधेयकसम्बन्धी प्रतिवेदन सर्वसम्मतिले पारित गरेको बेहोरा जानकारीका लागि अनुरोध गर्दछु ।’
विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएपछि हिजोको समितिबाट पारित भएको थियो। विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।




प्रतिक्रिया