अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय विदेश सचिव विक्रम मिस्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

भारतीय विदेश सचिव विक्रम मिस्रीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन


काठमाडौँ-दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ। साउने सोमबारको अवसर पारेर सचिव मिस्री पशुपति पुग्नुभएको हाे।

उहाँलाई पशुपति विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए । त्यस्तै, उहाँलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो।

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुग्नु भएको हो । उहाँले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने उहाँको कार्यसूची रहेको छ। उहाँ आजै स्वदेश फर्कनुहुनेछ।