काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार बिहान अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता भएको हो। त्यसक्रममा उहाँहरुबीच आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
सचिव मिस्री आइतबार बिहान नेपाल आइपुग्नु भएको हो । उहाँले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्नुभएको थियो। उहाँ आजै स्वदेश फर्कनुहुनेछ।




प्रतिक्रिया