अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता


काठमाडौँ- गृहमन्त्री रमेश लेखक र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

सचिव मिस्री आइतबार बिहान नेपाल आइपुग्नु भएको हो । उहाँले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गर्नुभएको थियो। उहाँ आजै स्वदेश फर्कनुहुनेछ।