काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न विषयमा १५ सुझाव दिनुभएको छ।
सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफूले विभिन्न १५ बुँदामा सुझाव पेस गरिएको डा. ढकालले बताउनु भयो। उहाँले पछिल्लो पटक आफू देशका विभिन्न ३८ वटा जिल्लामा समीक्षा यात्राका लागि पुगेको र उक्त भेटघाट पार्टीको तर्फबाट भएपनि आम नागरिकको हैसियतमा सुझाव संकलन गरेको बताउनु भएको छ।
‘…मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उहाँले लेख्नभएको छ। उहाँले गत जेठ ६देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाउनु भएको थियो। त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उहाँलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो।
डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिनुभएको छ। अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।
डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिनुभएको छ। थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिनुभएको छ।
साथै, उहाँले एक पटक नेपाली नागरिकता लिएको व्यक्तिले फेरि नागरिकता लिए त्यस्तो व्यक्तिलाई पुनः मनोनयन वा नियुक्त गर्न नहुने तर्क पनि गर्नुभएको छ।
यस्ता छन् मुकुलका १५ सुझाव




प्रतिक्रिया