अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको बङ्गलामुखी नजिकै भएको आगलागी नियन्त्रणमा

ललितपुरको बङ्गलामुखी नजिकै भएको आगलागी नियन्त्रणमा


ललितपुर-ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान भएको आगलागी नियन्त्रणमा लिइएको छ। 

ललितपुर महानगरपालिका-१६ कुम्भेश्वरका अजरमान शाक्यको घरमा आज बिहान भएको आगलागी झन्डै डेढ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरकाअनुसार आगलागी बिहान ९ बजेतिर सुरू भएको थियो । आगलागी नियन्त्रणमा लिनका लागि ६ दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ।

आगलागी नियन्त्रणमा नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेना र स्थानीयले सहयोग गरेका थिए भने ललितपुरसँगै भक्तपुर तथा काठमाडौं गरी तीनवटै जिल्लाका ६ दमकलहरूको सहयोगमा नियन्त्रणमा आएको हो।

आगलागीमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।