काठमाडौं-भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ।
उहाँहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो। भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गर्नुभएको छ।
समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गरेपछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।




प्रतिक्रिया