काठमाडौं- रक्षा बन्धनको अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वेद विद्याश्रम बन कालीका गुरु तथा बटुकहरूबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ।
वेद विद्याश्रम बन कालीका गुरु सालिकराम ढकाल सहित बटुकहरूले सोमबार उहाँकै निवासमा पुगेर रक्षा बन्धन बाँधी दिएका थिए। सो अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।
जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ।




प्रतिक्रिया