अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछाने र छवी जोशीलाई अदालतमा उपस्थित गराइयो 

रवि लामिछाने र छवी जोशीलाई अदालतमा उपस्थित गराइयो 


काठमाडौं-सहकारीको रकम अपचलनक मद्दामा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ।  

अनुसन्धानका लागि दिएको ६ दिनको म्याद बुधबार सकिएकाले पुनः म्याद थपका लागि रविलाई जिल्ला अदालत पोखरा उपस्थित गराइएको हो।

प्रहरीले लगाएको आरोपमा थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलको ठहरपछि रविलाई म्याद थपका लागि लगिएको हो। रवि गत शुक्रबार पक्राउ परेका थिए। पक्राउ परेका रविलाई अनुसन्धानका लागि पोखरा लगिएको थियो।