अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारले सय दिनमा राम्रो काम गरेको छ: सभापति देउवा

सरकारले सय दिनमा राम्रो काम गरेको छ: सभापति देउवा


काठमाडौं-नेपाली कांग्रेसका सभापति  एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताउनु भएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ।’

उहाँले वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले-कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताउनु भयो।