अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस


काठमाडौं-न्याय परिषद्ले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ।

परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो।

परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ। जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी, ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषद्ले सिफारिस गरेको छ।