अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु


झापा-जंगली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। गएराति करिब २ बजे दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धमाउन गएका उनलाई हात्तीले आक्रमण गरेको हो। 

झापाका विभिन्न क्षेत्रमा जंगली हात्तीले स्थानीयलाई वर्सेनी दुःख दिँदै आएको छ।