अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादी १० वर्षे सशस्त्र द्वन्द्व आवश्यक थिएन: प्रदीप ज्ञवाली

माओवादी १० वर्षे सशस्त्र द्वन्द्व आवश्यक थिएन: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि धकेलेको टिप्पणी गर्नुभएको छ।

शान्ति प्रक्रियाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेपालमा माओवादी आन्दोलन आवश्यक नै नभएको जिकिर गर्नुभयो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘लोकतन्त्रमा हामीले पाइला चालेको ३५-३६ वर्ष भयो। त्यसमध्ये माओवादीको १० वर्ष सशस्त्र द्वन्द्वमा खर्च गर्‍यो। नेपालमा त्यो द्वन्द्व आवश्यक थिएन। त्यसलाई राज्यले राजनीतिक मुद्दाको रुपमा लिएर संविधान र विस्तृत शान्ति सम्झौतामा समेत उल्लेख गरेर सशस्त्र द्वन्द्व भनेर समाधान गर्ने बाटो खोजेका छौं। १० वर्ष लामो त्यो द्वन्द्व र त्यसलाई व्यवस्थापन गर्न अर्को दश वर्ष लाग्यो।’

उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलन र विस्तृत शान्ति सम्झौतापछिका राजनीतिक मुद्दालाई सफलतापूर्वक व्यवस्थापन गरेको बताउनु भयो।