अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै

म्याद थपका लागि दुर्गा प्रसाईँलाई आज अदालत लगिँदै


काठमाडौं-विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धान गर्न आजा काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ।

मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईँलाईम्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो ।

सीआईबीले मंगलबार प्रसाईँको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ ।

प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ। प्रसाईंविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने छ।