अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट

सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट


नोम पेन्ह- सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ। पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट गर्नुभएको हो ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गर्नुभएको छ। भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिनुभएको छ । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताउनु भयो।