काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराउनुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिनुभएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि सहभागि हुनुहुन्थ्यो। यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ।
प्रतिक्रिया